भिडियो

श्रीमती साटासाट: आफ्नी श्रीमती भगाउनेकै श्रीमती भगाएपछि (भिडियो हेर्नुहोस कसरी श्रीमती साटेका थिए )

हेलो, तपाईं दीपक हो ? हो, किन ? म जितबहादुर दर्नाल, कतारबाट किन मेरी श्रीमती लानुभा’को ? लगेँ, तँ सक्छस् भने मेरी पनि लगेर देखा । यो वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका मोरङ, उर्लाबारी-६, मंगलबारेका जितबहादुर दर्नाल तथा सोही गाविस वडा नम्बर-९ का दीपक नेपालीबीचको फोन वार्ता हो ।वैदेशिक रोजगारीमा डेढ वर्षअघिदेखि कतारमा रहेका २४ वर्षीय जितबहादुर (गोपाल) दर्नाललाई माघ १४ गते आमा सम्झना दर्नालले बुहारी भगवती दर्नाल घरमा नभएको जानकारी दिएकी थिइन् । श्रीमती घरमा नभएको जानकारी पाएपछि जितबहादुरले श्रीमती भगवतीको नम्बरमा फोन गर्दा रातभर स्वीचअफ भएको दर्नालले बताए ।

भोलिपल्ट बिहान बल्ल फोन लाग्यो ।श्रीमती भगवती दर्नालले जितबहादुरलाई आफूले उर्लाबारी-९ का दीपक नेपालीसँग विवाह गरेको बताइन्, तर उनलाई आफ्नी श्रीमतीले अर्कैसँग विवाह गरेको विश्वास लागेन। केही समयपछि उनले श्रीमती लाने दीपक नेपालीसँगै कुरा गरे। जितबहादुरले किन मेरी श्रीमती लगेर घर बिगारिदिएको भनेर गुनासो गरे। दीपक नेपालीले लगेँ तँ सक्छस् भने मेरी पनि लगेर देखा भन्ने उत्तर दिएको जितबहादुरले बताए। आफ्नी श्रीमती लाने दीपक नेपालीबाट आफ्नी पनि श्रीमती लगेर देखाउन चुनौती आएपछि जितबहादुर दर्नालले बहिनी सुष्मामार्फत दीपक नेपालीकी (जेठी) श्रीमती सुशीला नेपालीको नम्बर फेला पारेर फोन सम्पर्क गरे । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close