अन्तर्राष्ट्रिय

२६९ जना यात्रु बोकेर उडेको बिमान, मौसमको खराबीका कारण विमानस्थलमा आकस्मिक अवतरण गर्दा ३७ जना यात्रु घाइते

मौसमको खराबीका कारण एयर क्यानाडाको जहाज अमेरिकाको होनोलुलु विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । एयर क्यानाडाको ७७७–२०० विमान क्यानाडाको भ्यान्कुभरबाट सिड्नी जान लागेको थियो । उडानका क्रममा नै संयुक्तराज्य अमेरिकाको हवाई राज्यको राजधानी होनोलुलुमा शुक्रबार आकस्मिक अवतरण गराइएको थियो ।त्यस क्रममा ३७ जना यात्रु घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको पनि उक्त एयरवेजले जानकारी दिएको छ । उक्त विमानमा २६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस समयमा ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए । यसैकारण उनीहरु घाइते भएका एयर क्यानाडाले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ । हावाले विमान हल्लाएपछि यात्रुहरु एकआपसमा ठोक्किए र कतिपय त विमानको सिलिङमा पनि ठोक्किएको विमानमा सवार यात्रुहरुले बताएका छन् । अस्पताल भर्ना भएकामध्ये नौ जना गम्भीर रुपमा घाइते भएको एयरलाइन्सले जनाएको छ ।

यो पनि पढ्नुहोस्-६६ यात्रु लिएर काठमाडौं आएको बिमान रनवेमा चिप्लियो, थप जानकारीको लागि फोटोमा क्लिक गर्नु होला,यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको धावन मार्गमा चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ।विमान हटाउन लगायतका कामका लागि १ घन्टा विमानस्थल बन्द गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए।विमानस्थलबाट सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रय उडानहरु रद्द गरिएका छन्। विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेका चारवटा उडान डाइभर्ट गरिएका छन्। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, एअर अरेबिया, चाइना साउदर्नका जहाज अन्यत्र डाइभर्ट गरिएको हो।

६६ यात्रु लिएर नेपालगञ्जबाट काठमाडौं आएको एएम्एम् एटीआर ७२ जहाज अवतरणका क्रममा धानवमार्गबाट चिप्लिएको थियो। जहाजका सबै यात्रुहरु सकुशल छन्।काठमाडौँ । नेपालगञ्जबाट यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सकोविमान अवतरणको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।विमानस्थल प्रहरीका अनुसार यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

विमानस्थलका एसपी कृष्ण प्रसाद कोइरालाकाअनुसार जहाजमा रहेका सबै यात्रुलाई सकुशल निकालिएको र २ जनालाई चाहिँ उपचारको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ ।धावनमार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ ।ल्हासाबाट काठमाडौं आएको सिचुवान एयरलाइन्स, कोलकताबाट काठमाडौं आइरहेको बुद्ध एयर र दोहाबाट काठमाडौं आइरहेको कतार एयरलाइन्स आकाशमा होल्ड भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close