भिडियो

रवी के भोली रिहा होलान ? बाजियो रवि लामिछानेको बयान, बाहिर हुँदा यस्तो भनेका रविले अदालतमा यस्तो बयान दिएपछि (भिडियो हेर्नुहोस )

प्रहरीले शालिकराम प्रकरणमा प्राप्त भिडियो तथा अन्य प्रमाण र पोस्टमार्टम रिपोर्टको प्रारम्भिक विश्लेषण पछि रविसँग बयान लिन शुरु गरेको थियो । रवि जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रतिनिधिको रोहबरमा प्रहरीलाई बयान दिन राजी भएका थिए । तर, रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गरे ।अनुसन्धान अधिकारीका अनुसार रविले यसअघि आफ्नो फेसबूकमा लेखिएका स्टाटसका सम्बन्धमा समेत झूट बोलेका छन् । बयानका क्रममा रविलाई ‘शालिकरामको देहत्बायागरे कसरी थाहा भयो ?’ भनेर सोधिएको थियो ।

रविले उक्त कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् । त्यसपछि शालिकरामले ‘देहत्याग’पूर्व मोबाइलमा रेकर्ड गरेको भिडियोबारे पनि बयानमा प्रश्न सोधियो । तर, रविले भने आफूले उक्त भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन् । साथै, पुडासैनीले उनीमाथि लगाएका आरोपका बारेमा समेत प्रहरीले बयानका क्रममा प्रश्न सोधेको थियो । तर, रविले पुडासैनीले लगाएका आरोपबारे आफूलाई केही थाहा नभएको बताए । पुडासैनीले भिडियोमा बोलेको कुरा उल्लेख गर्दै प्रहरीले रविसँग बयानका क्रममा प्रश्न सोधेको थियो । जवाफमा रविले ती सबै कुरा गलत र निराधार भएको बताएका छन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close