समाचार

सामाजिक सन्जालमा २ तस्बिर भाइरल, ऋषि धमला तस्बिरकै कारण बिबादमा।

टेलिभिजन प्रस्तोताको रुपमा चर्चा कमाएका ऋषी धमला फेरी विवादमा तानिएका छन् । कुनै समय राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई ‘उल्लु प्रश्न’ सोधेर विवादमा आएका धमला फेरी आफ्नै श्रीमतीलाई खुट्टाको पानी खुवाएर विवादमा आएका छन् ।

हरितालिका चिजको दिन उनकी श्रीमतीलाई खुट्टा ढोगाउँदै खुट्टाको पानी समेत खुवाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा भेटिएको छ ।त्यति मात्रै होइन उनले पत्निलाई खुट्टाको पानी खुवाउँदै गरेको भिडियो समेत भेटिएको छ । धमला पत्नि एलिजा गौतमले उनको खुट्टाको पानी खाइरहेकी छिन् ।

गौतमको व्यक्तिगत चाहानाले खुट्टाको पानी खाएको भएता पनि सामाजिक सञ्जालमा भने धमलाको आलोचना शुरु भएको छ ।कतिपयले भने धमलाको पारिवारिक मामला भएकाले उनले जे सुकै गरु्न भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close