समाचार

सेनाको गणभित्र महिलाको बेवारिसे शव, घटना संकास्पद भएको प्रहरीको भनाइ

महोत्तरीको बर्दिवास नगरपालिका ८ बिजय बस्ती टोलमा रहेको नेपाली सेनाको मध्य पुर्वी पृतनाको काली सिद्घि गण भित्र शनिवार एक महिलाको बेवारिसे शब भेटिएको छ ।

नाम थर नखुल्न नसकेकोे कालो रङमा सेतो छिरके बुट्टा भएको कुर्ता र कालो सुरुवाल लगाएकी कम्मरमा रातो शल बाँधेकीे अन्दाजी ३५ बर्षिकीे जस्तो देखिने र शरीरका बिभिन्न भागमा चोट लागी रत्त श्राव भएको अवस्थामा महिलाको शव शनिवार बिहानै नेपाली सेना को टोली मोर्निङ वाक जाने क्रममा देखे पछी प्रहरी लाई खवर गरेकोेको बर्दिवास प्रहरीका प्रहरी निरीक्षक असोक कुमार शाहले जानकारी दिए ।

शव शंकास्पद हुन सक्ने भएकाले घटनाको अनुसन्धान भैरहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close