भिडियो

भद्रगोलबाट बन्यो सक्किगो नी,भद्रगोल हामी बाट जन्मेको हो भन्दै भावुक भए पाँडे र जिग्री (भिडियो हेर्नुहोस )

चर्चित हाँस्यकलाकार तथा भद्रगोलका पूर्व निर्देशकहरु कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेको समूहले अर्को हाँस्य टेलिशृखला ‘सक्किगोनि’ नेपाल टेलिभिजनबाट नै प्रसारणमा आउने भएको छ । जुन शृखला जिग्री पाँडे समुहको लगानीमा नै बन्नेछ । जिग्री पाँडेको कम्पनी जेपिटी क्रियसनमार्फत यसको निर्माण हुने नयाँ हाँस्य शृखला असोज २ गतेबाट प्रसाराणमा आउने तयारी छ । भ्रदगोलबाट २१ जनाको टिम बाहिरिएपछि प्रसारणमा आएको भद्रगोलले लाइक भन्दा बढी डिसलाइक पाएको अवस्थामा नेपाल टेलिभिजनसँग प्रत्येक विहीबारको समय पाँडे जिग्री समुहले किनिसकेको बताइएको छ ।

जसमा लेखन तथा निर्देशन जिग्री र पाँडेकै रहने छ भने शृखलाका विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरिएको स्रोतको भनाई छ । जिग्री र पाँडेको टिमबिनाको टेलिश्रृंखला भद्रगोलको एपिसोडमा पहिलाको भन्दा फकर कलाकार भएपछि दर्शहरुले लाइक भन्दा डिसलाईक दोब्बद भन्दा बढी गरेपछि अबको शृखला कसरी आउला भन्ने प्रश्न अहम बनेको छ । उक्त श्रृखंला नयाँ कथावस्तु ,नयाँ शैली र नयाँ कलाकारहरुको साथमा प्रसारण भएको थियो । जसले गर्दा शुक्रबार प्रसारित नयाँ एपिसोडले दर्शकलाई खुसी बनाउन नसकेको र युट्युवमा भद्रगोल हेरेका अधिकांश दर्शकहरुले नायँ शृखला नहेर्ने घोषणा नै गरेका छन् । भिडियो हेर्नुहोस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close